Logo

अमृतशहर रेल दुर्घटनाः भाग्यले बाँचेका बिशाल



काठमाडौँ,८ काक्तिक । केहि दिन पहिले भारतको अमृतशहरमा भएको रेल दुर्घटनामा बाँच्न सफल बिशाल नाम गरेका बालक अहिले समाजिक संजालमा भाग्यले बाँचेका बालकको रुपमा भाईरल बनिरहेका छन । जव रावणको दहनको बेला भएको थियो त्यो बेला उनि आफ्नो बुवाको काखमा बसिरहेका थिए । तर उनको त्यो रमाईलो क्षण धेरै टेकेन । दश महिनाका ति बालक आफ्नो आमा बुवाको साथमा रावण दोहनको मेला भर्न गएका थिए ।

घटनाका बेला उनकि आमा केहि पर उभिएर मेला हेरिरहेकि थिईन । चर्को पाटाकाको आवाज र मानिषहरुको कोलाहलले उनकाृ परिवारलेपनि आफु उभिरहेको लिकमा रेल आएको चालै पाएनन । बुवाको काखमा रहेकाउनि भाग्यले बुवाको काखबाट नजिकै रहेकि अर्की महिलाको काखमा परारिन पुगे । उनका बुवाले घटनास्थलमा नै ज्यान गुमाए पनि उनि भने भाग्यवश बाँच्न सफल भएका छन । उनि अहिले सामाजिक संजालमा भाग्यले बाँचेकाहरुको उपनाम पाईरहेका छन ।

बिशालले घटनाबाट बुवा गुमाए नै दुईदिनसम्म आमा बाटपनि हराएर बाँचे । घटना भएको करिव ४२ घण्टापछि प्रहरीले आमाको खोजीगर्न सफल भएपछि उनले आफ्नी आमालाई भेट्दाको समय निकै मार्मिक रहेको बतार्ईएको छ । दुर्घटनाबाट गम्भिर घाईते भएकि आमा राधिका छोरा विवित भेट्दा र पति वियोगको पिडा एकसाथ खेप्न वाध्य रहेकि छन । पहरीले घटनास्थल वरिपरिका जिवित बालक हरुको पहिचानको लागि सबैमा सुचना प्रसारण गरेको जनाईएको छ ।

संगिता नाम गरेकि एक महिला नजिकै रहेको पर्खालमा अडेस लगाएर मेला नियाली रहेकि थिईन । उनको अगाडि एक परिवार रेलको लिक नजिकै उभिएर रावण दोहनको आनन्द लिइरहेका थिए। संगिताका अनुसार बिशालका बुवा उनलाई काखमा लिएर जलिरहेको रावणको पुत्ला देखाई रहेका थिए तर ति बालकले संगिता तिर ध्यान दिईरहेका थिए । ‘खै किन हो मलाई हेरेर बिशाल मुस्कुराए’ संगिताले सुनाईन ।

उनले ति बालकलाई हेरेर हाँस्न मात्र के लागेकि थिईन,उनले जिवनमा कल्पनानै घटनाको प्रतक्षदर्शी बन्न पुगिन । पलक झपकमै उनले हेरि रहेका ति बालक उनको काखमा उर्फेर आए । मानिषहरुको कोलाहल मच्चियो । के भयो ? के गर्ने कसैलाई पत्तै चलेन । मानिषहरुका भाग दौडमा कोहि कसैलाई सुन्ने अवस्थामा नै थिएनन ।

 

मानिषहरुको भिडमा पियंकाले आफ्नो काखमा आएका बालकका आमा–बुवा खोज्ने प्रयास गरिन तर भेटाउन सकिनन् । उनका बुवालाई जोरसंग धक्का दिएको उनले आफ्नै आँखा अगाडि देखेकि थिईन ।

संगिताले बताए अनुसार तिब्र गतिमा आएको रेलले उनका बुवालाई धक्का दिदा उफ्रेर बिशाल उनको काखमा उछिट्दिा उनले समात्न सकिन । घटनापछि पनि संगिताले उनका आमा–बुवाको खोजिकार्य जारि राखिन । उनले जिल्ला प्रशासनमा जानकारी गराएपछि उनको खोजिकार्य सम्भव भएको थियो ।

उनले बिछाडिएका ति बालकको खोजिकार्यमा हर संम्भव पहल गरिन । यसमा कोहिपनि ठिलो चाहादैन थिए । जव राधिकालाई पहिले तिन बच्चा देखाईयो उनले छोरा जिवित रहेको बिश्वास गर्न छोडिसकेकि थिइन । तर उनको दुःखको समयमा पनि सुख देख्ने अवसर पाइन । जव पहरीले राम्रो संग हेर्नुहोस भन्दै तेश्र्र्रो बच्चा देखाए त्यो बेला बिशाल र राधिकाको मुहारको खुसि देखेर कुनै प्रमाण पनि अपुग हुन सक्थ्यो ।

घाईते राधिकाले बताए अनुसार उनि आफ्ना श्रिमान बधुराम रा छोरा छोरीको साथमा उत्तर प्रदेशको सुल्तानपुरको गाँउ सरायभारेबाट पञ्जावमा रहेकि आफ्नी बहिनीको घरमा दशहरा मनाउन आएका थिए । राधिका आफ्ना श्रिमान बधुराम,छोरा बिशाल,र छोरी सुलोचनाको साथमा यहाँ आएकि थिईन । उनकि बहिनी जोडा रेल फाटकको नजिकै रहने गर्दथे । त्यो दिन पनि बेलुका हुुनै लाग्दा राधिकाका बहिनीका श्रिमान दिनेश परिवारका सवैसंग रावण दहन हेर्न गएका थिए ।

दुर्घटनामा आफ्ना श्रिमान गुमाएकि राधिकाको गम्भिर अवस्थाबाट अमनदीप अस्पतालमा उपचार भईरहेको छ । राधिकाले आफ्ना सबै गुुमाएको सोचमा अर्धचेत झै बनेकि थिईन तर जव उनले सुनिन कि कुनै महिला बच्चा आफ्नो काखमा लिएर बच्चाको आमा खोजि रहेकि छन, त्यो बेला उनलाई आफ्नो बच्चा कुन अवस्थामा छ भन्ने सम्म पनि थाहा थिएन ।

उनले आश मारिसकेको भएपनि भगवानले उनको त्यो खुसि भने बाँकि राखे । उनि अहिले आफ्ना सकुशल छोरको साथमा अस्पतालमा उपचार गराई रहेकि छन । उपचारमा संलग्न डाक्टरका अनुसार राधिकाको अवस्था सुधारोेउन्मुख रहेको बतार्ईएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्