Logo

पाकिस्तानी प्रधानमन्त्रीको चीन भ्रमण, के छन एजेन्डा ?



काठमाडौँ,९ काक्तिक । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्ने भएका छन ।आउँदो नोभेम्बर २ तारिखदेखि ५ तारिखसम्म चिनियाँ नेतृत्वको निमन्त्रणामा खान चीन जान लागेको पाकिस्तानी विदेश मन्त्रालयले संञ्चार माध्ययमहरुलाइ जानकारी गराएको छ ।

खान प्रधानमन्त्री भएपछि उनको यो पहिलो चीन भ्रमण हुने भएको छ । उनको भ्रमण टोलीमा अन्य उच्च अधिकारी पनि सहभागी हुने जानकारी गराईएको छ।मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उनको भ्रमणले दुई देशको सम्बन्ध थप राम्रो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

त्यसैगरी आपसी सहकार्य र सहयोग आदानप्रदानका बारेमा पनि भ्रमणका क्रममा छलफल हुने विज्ञप्तिमा जनाइएको छ ।भ्रमणका क्रममा खानले चिनियाँ नेताहरूसँग छलफल तथा भेटवार्ता गर्नुका साथै थुप्रै सम्झौतामा हस्ताक्षर पनि गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री खानले बेइजिङसँगै साङ्घाई पनि भ्रमण गर्ने जनाईएको छ । उनले चीनमा रहँदा प्रथम चिनियाँ इन्टरनेशनल इम्पोर्ट एक्सपोर्टमा पनि सहभागिता जनाउनु हुने कार्यतालिका रहेको छ ।

पाकिस्तानी उत्पादनहरूको समेत प्रदर्शन गरिने एक्सपोमा खानले मुख्य वक्ताको रूपमा सम्बोधन पनि गर्ने कार्यक्रम रहेको पाकिस्तानी विदेश मन्त्रालयले जानकारी गराईएको छ ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्