Logo

प्राविधिक छैन, नौ वर्षदेखि थन्कियो एक्सरे मेशिन



काठमाडौँ, ९ कात्तिक । एक्सरे मेसिन चलाउने दक्ष प्राविधिक नहुँदा झापाको गौरीगञ्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा नौ वर्षदेखि एउटा मेशिन थन्किएको छ ।

मेशिन सञ्चालन नहँुदा स्वास्थ्य सेवा लिने सेवाग्राही मारमा परेका छन् । एक्सरे मेशिन सञ्चालन नहुँदा त्यहाँ आउने बिरामी करीब २३ किलोमिटर टाढा दमक गएर सेवा लिन बाध्य छन् ।

जिल्लाको पश्चिम दक्षिणी ग्रामीण क्षेत्रमा अवस्थित उक्त स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्ने उद्देश्यले विसं २०६६ मा तत्कालीन खजुरगाछी गाउँ विकास समितिको रु दुई लाखबाट एक्सरे मेशिन खरिद गरिएको थियो तर खरिद गरेर ल्याइएको मेशिन केन्द्रको भण्डारणकक्षमा थन्क्याइएपछि अहिले काम नलाग्ने अवस्थामा पुगेको छ ।

केन्द्रकी इन्चार्ज डा विद्या पोखरेलले मेशिन चलाउने रेडियोग्राफर नहँुदा नियमित सञ्चालन गर्न नसकिएको बताए । उनले केन्द्रमा दरबन्दी थप नगरिँदा सो मेशिन चलाउन नसकिएको जानकारी गराएका छन । रासस



प्रतिक्रिया दिनुहोस्