काठमाडौं । नेपाली कलाकारहरु व्यस्त हुने मौसम शूरु भईसकेको छ । विभिन्न मेला महोत्सव, देश तथा बिदेशमा हुने साँस्कृतिक कार्यक्रमहरुमा कलाकारहरु अरु समय भन्दा हिउदा अलि बढि व्यस्त हुने गर्दछन् ।
महिनौं पहिले फिक्स गरेका कार्यक्रमहरुमा पुग्न हतारमा भेटिने गर्छन् । विगत ४ वर्षदेखि मोडलिङ क्षेत्रमा सक्रिय रुपमा लागेकी धादिङकी मनिसा श्रेष्ठको दिनचर्या पनि अरु कलाकारको भन्दा फरक हुने कुरा भएन ।
गीतको भिडियो सुटिङ र स्टेज कार्यक्रममा सहभागिता जनाउँदै आएकी मोडल श्रेष्ठको आज जन्मदिन पनि हो । दुई दर्जन भन्दाबढि गीतमा अभिनय गरिसकेकी श्रेष्ठ यसै क्षेत्रमा आफ्नो भविष्य बनाउने बताउछिन् । ‘ब्रेकफेल’ नामक सिरियल र अभिनयलाई एकसाथ अघि बढिरहेकी मोडल श्रेष्ठ कलाक्षेत्रलाई अनुसासित बनाउनु पर्नेमा जोड दिन्छन् ।