Logo

बर्खास्त गरिएका ईन्स्पेक्टर भट्ट अझै थुनामा



काठमाडौं, ९ कात्तिक । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि बलात्कारको घट्नामा दोषी देखिएका तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रमुख उपरीक्षक एसपी डिल्लीराज विष्ट र ईन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरिएको छ ।

तर, प्रहरीले तत्कालीन ईन्स्पेक्टर भट्टलाई प्रहरी प्रधान कार्यालयमा रहेको एक नम्बर गणमा थुनेर राखेको खुलासा भएको छ । बर्खास्त गरिएका तत्कालिन् एसपी विष्ट भने रिहा भैसकेका छन् । तर, उक्त प्रकरणमा सँगै बर्खास्तमा परेका भट्टलाई भने अझै प्रहरीले थुनेर अनुशन्धान गरिरहेको छ ।

गृह मन्त्रालयले बिहीबार विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई बर्खास्त गरेको थियो । तर बर्खास्त गरिएको पत्रमा ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको’ उल्लेख छ ।

योसंगै उनी कानुनी उपचारका लागि अदालतको ढोका ढक्ढक्याउन सक्नेछन् । विष्टले आवश्यक कानुनी उपचारका लागि अदालतको ढोका ढक्ढक्याउने बताइसकेका छन् । गृह मन्त्रालयले सेवाबाट निकालेको निर्णय सुन्नेवित्तिकै उनले सरकारको निर्णयबिरुद्ध कानुनी उपचारमा जाने चेतावनी दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्