Logo

कुपोषित बालबालिकालाई प्रोत्साहन रकम



नवलपरासी, १० कात्तिक / पश्चिम नवलपरासीको सरावल गाउँँपालिकाले कुपोषणयुक्त बालबालिकालाई प्रोत्साहनस्वरुप स्वास्थ्य सुधार प्रोत्साहन रकम दिन थालेको छ ।

छ महीनादेखि दुई वर्षभित्रका कुपोषित बालबालिकालाई लक्षित गरी एक पटकका लागि रु पाँच हजारका दरले स्वास्थ्य सुधार प्रोत्साहन रकम दिन थालेको गाउँँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो ।

गाउँँपालिकाअन्तर्गत सबै कुपोषणयुक्त बालबालिकालाई प्रोत्साहनस्वरुप स्वास्थ्य सुधार प्रोत्साहन रकम दिन थालेको गाउँँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झवीश्वर रेग्मीले जानकारी दिनुभयो ।

छ महीनाभित्र सबै खोप पूरा, आमाको नियमित गर्भ परीक्षण, कुपोषणयुक्त वालवालिकाको नियमित वृद्धि अनुगमन, ३५ दिनभित्र जन्मदर्ता, घरमा शौचालय करेसाबारी र दुई वर्षभित्र आमा गर्भवती नभएको हुनुपर्नेलगायतका सूचकका आधारमा कुपोषित भएको÷नभएको निर्धारण गरी प्रोत्साहन रकम दिन थालेको गाउँँपालिकाले जनाएको छ ।

पश्चिम नवलपरासीका स्थानीय तहमा कुपोषण भएका बालबालिकालाई प्रोत्साहनस्वरुप स्वास्थ्य सुधार प्रोत्साहन रकम दिने सरावल गाउँपालिका पहिलो स्थानीय तह रहेको बताइएको छ । पश्चिम नवलपरासीमा सात स्थानीय तह छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्