Logo

चलचित्र ‘रुमालै छ चिनो’ को पहिलो गीतरिलिज



काठमाडौं । चलचित्र ‘रुमालै छ चिनो’ को पहिलो गीत यूट्युबमा सार्वजनिक गरिएको छ । कलाकार रेशम थापाको लोक गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर निर्माण भएको फिल्मको ‘ए माया’ गीतमा अर्जुन पोखरेल र अञ्जु पन्तको स्वर छ । गीतको शब्द संगीत पोखरेलकै छ ।

भिडियोमा नायक सुशान्त कार्की र नायिका अप्सना थापा फिचर्ड छन् । गीतको छायांकन बिनोद सापकोटाले गरेका हुन् भने शिब थारुको सम्पादन छ ।

रेशम थापाको कथा रहेको फिल्ममा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अफ्साना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्कालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

ज्योती फिल्मसको ब्यानरमा बनेको यस फिल्ममा चन्द्र ब। खड्का, दिपक ढकाल र राम पाण्डेले सयुक्त रुपमा लगानी गरेका छन् । उक्त फिल्मलाई निर्देशन दिनेश सिंह ठकुरीले गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्