Logo

‘मधेशी दलहरुले जनताको भावना सत्तासँग साटेको आरोप’



पर्सा, १० कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कानूनको सर्वोच्चता र लगानी सुरक्षित हुने वातावरण भए मात्र विदेशी लगानी नेपाल भित्र्याउन सकिने बताएका छन् ।

नेपाल प्रेस युनियन पर्सा शाखाले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री महतले मुलुकमा कानूनी शासनको अनुभूति हुनुपर्ने विचार व्यक्त गरे ।

उनले आ-आफनो क्षेत्र अधिकारभित्र रहेर कार्य गरे मात्र सङ्घीयता सफल र संविधान कार्यान्वयन हुने धारणा व्यक्त गरे।

सह–महामन्त्री डा महतले मधेसी जनताको भावनालाई क्षेत्रीय दलहरुले (मधेस केन्द्रित पार्टी) सत्ता सुखसँग साटेको आरोप लगाए । मधेसी जनताको अधिकारको नाममा आन्दोलन गर्ने मधेसीको मागलाई संविधान संशोधनमार्फत सम्बोधन गर्न नचाहने दलसँग सत्ता साझेदार गरी मधेशीको भावनासँग खेलवाड गरेको उनले आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्