Logo

यहुदीहरू मर्नुपर्छु भन्दै बन्दुकधारीले गोली चलाए,११ को मृत्यु



काठमाडौँ,११ काक्तिक । अमेरिकाको पेन्सिलभानिया राज्यको पिट्सबर्ग शहरमा एकजना बन्दुकधारीको आक्रमणबाट ११ जनाको ज्यान गएको छ।ट्री अफ लाइफ नामक एउटा यहुदी प्रार्थनाघरमा स्थानीय समय अनुसार शनिवार प्रार्थना भइरहँदा ती बन्दुकधारीले गोली चलाएका थिए।पछि बन्दुकधारीलाई नियन्त्रणमा लिइएको विवरणहरूमा जनाइएको छ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार सबै यहुदीहरू मर्नुपर्छु भन्दै बन्दुकधारीले गोली चलाएका थिए।राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा ठूलो हत्याकाण्डुमा थुप्रै मान्छेु मारिएको प्रतिक्रिया दिएका छन्।

सन्दिग्ध हमलाकारी ४६ वर्षीय रोबर्ट बोवर्स भएको पहिचान गरिएको छ।घटनामा घाइते भएका ती हमलाकारीको उपचार भइरहेको अधिकारीहरूले बताएका छन्। आक्रमणमा घाइते भइ उपचाररत दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सङ्घीय अनुसन्धानकर्ताहरूले गोलीकाण्डलाई घृणाका कारण भएको अपराधका रूपमा हेरिरहेका छन्।द एन्टी डिफेमेशन लिग नामक एउटा गैरसरकारी यहुदी संस्थाले भनेको छ, संयुक्त राज्य अमेरिकाको इतिहासमा यहुदी समुदायमाथिको यो सबैभन्दा हिंसात्मक हमला भएको हाम्रो विश्वास छ।गोलीकाण्डमा ज्यान गुमाएका मानिसहरूको सम्झनामा स्कुरल हिलमा एउटा कार्यक्रम भइरहेको छ।

पेन्सिलभानियामा सबैभन्दा धेरै यहुदी जनसङ्ख्या भएका ठाउँमध्ये स्कुरल हिल एक हो। स्मृतिसभाको आयोजकमध्येकी एक स्थानीयबासिन्दा सोफिया लेविनले बीबीसीलाई भनिन्, मलाई लाग्छ यसले यहुदी समुदायलाई सहयोग पुर्‍याउनेछ र मान्छेहरू आएर एकअर्कालाई सघाउनेछन्।

राष्ट्रपति ट्रम्पले घटनास्थलको अवलोकन गर्ने बताएका छन्।घटनापछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आक्रमणकारी आफ्ना समर्थकमध्येको एक हुन नसक्ने बताउँदै तिनलाई अस्वस्थुको संज्ञा दिए।बीबीसी



प्रतिक्रिया दिनुहोस्