Logo

‘उज्यालो तिहार’ देउसीगीत बजारमा



काठमाडौं । २०७५ सालको बिजया दशमी सकिए लगत्तै तिहारको माहौल निक्कै बढेको छ । नेपालीहरुले विभिन्न चाड अनुसारको बजारमा आएका हरेक खालका गीत संगीतमा मनोरंजन लिँदै आएका छन् । कलाकार हरुले पनी विधा अनुसारका गीत धमाधम बजारमा सार्वजनिक गरिरहेका छन् ।

यसैक्रममा समधुर आवाजकी धनी लोकप्रिय गायिका सुनिता दुलाल र पछिल्लो समयका चर्चित गायक प्रकाश सपुतको आवाजमा, देउसीभैलो ‘उज्यालो तिहार, नाम गरेको गीत सार्वजनिक भएको छ ।

त्यस्तै गायिका दुलाल र गायक सपुतलाई डि।बि गुरुङ, गायिका टिका पुन, र अर्जुन सुनामले स्वरमा साथ दिएका छन् । सोही गीतको शब्द सृजना र संगीत गायक प्रकाश सपुत कै रहेको छ भने कृष्ण बिक भान्जाले एरेन्ज गरेका हुन् ।

मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीत, कमलादेबी डिजिटलको प्रस्तुती रहेको छ । गायिका सुनिता दुलाल गीत संगीतमा मौलिकता र नेपाली संस्कृतीलाई उचाइमा पुर्याउदै आइरहेकी गायिका हुन् ।

उनले दर्जनौ आवार्डहरु पनी जित्दै आएकी छन् । बिगतको बर्षमा जस्तै यस बर्षमा पनी सोही मौलिकताको कदर गर्दै सोही ‘उज्यालो तिहार’ बोलको देउसीभैलो देउसीभैलो गीत ल्याएकी हुन् ।

उक्त गीतको भिडियो तर्फ, देबेन्द्र बब्लु को निर्देशन रहनुका साथै पुष्कर विवेकको कोरियोग्राफर छ भने मधुर बस्नेतले छायांकन गरेका हुन् । प्रविण भट्ट द्वारा सम्पादन भएको सोही भिडियो, बिपी फिल्मस् नेपालको दृश्य निर्माण रहेको छ ।

गायिका सुनिता दुलालको आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ भने, हाँस्य कलाकार सुरवीर पण्डित, लक्ष्मी गिरी, सुवर्ण दुलाल थापा, राजेस कार्की र अन्य साथीहरुको अभिनय रहेको छ भने गायिका सुनिता दुलाल र प्रकाश सपुत पनी चित्रण भएका छन् ।



प्रतिक्रिया दिनुहोस्