Logo

प्रधानमन्त्री मोदीलाई ‘शिवलिंग’मा बसेको विच्छी भनेपछि..



नयाँदिल्ली । भारतीय कांग्रेसका एक नेताले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘शिवलिंगमा बसेको बिच्छी’ भनेका छन् । उनको यो टिप्पणीले भारतीय राजनैतिक वृत्तमा विवाद सिर्जना गरेको छ ।

समाचार एजेन्सीहरुका अनुसार सांसद शशि थरुरले पत्रकारसँगको कुराकानीका क्रममा यस्तो अभिव्यक्ति दिएका थिए । उनले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदी एक शिवलिंगमा बसेको बिच्छीजस्तै हुन् । जसलाई न हातले हटाउन सकिन्छ न चप्पलले नै हान्न सकिन्छ ।’

समाचार एजेन्सी एएनआईले उक्त भिडियो क्लिप सामाजिक सञ्जालमा पोष्ट गरेपछि यसप्रति विभिन्न प्रकारका बहसहरु हुन थालेका छन् । भारतीय जनता पार्टीले यस अभिव्यक्तिको विरोध गरेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्