Logo

सिँचाइ समस्या समाधान गर्छुः यादव



लहान, १४ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले आफ्नो संसदीय कोषको लगानीमा सिरहाको मिर्चैैया नगरपालिकामा डिपबोरिङ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मिर्चैया नगरपालिका–८ मा बडादशैँ, शुभदीपावली तथा छठको अवसरमा आज बिहान आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सिरहा क्षेत्र नं ४ का प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका यादवले किसानले भोग्दै आएको सिँचाइ समस्या समाधानका लागि डिपबोरिङ निर्माण गर्ने बताउनुभयो ।

आफ्नो संसदीय विकास कोषको करीब रु एक करोडको लागतमा निर्माण हुने डिपबोरिङको शिलान्यास छठलगत्तै हुने र त्यसले करीब १०० बिघा जमीनमा सिँचाइ पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम पार्टीका नेता कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी र व्यापारीलगायतको सहभागिता रहेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्