Logo

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति उल्लेख्य सुधार



काठमाडौं, १४ कात्तिक । छातीमा संक्रमण भएपछि सोमबार विहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ। त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोयोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह शाह र छाती रोग विशेषज्ञ सन्तकुमार दासलगायतको टोली खटिएको छ।

अस्पतालले बुधबार विहान जारी गरेको विज्ञप्ति अनुसार बुधबार विहान गरिएका परीक्षणको रिपोर्टहरु सन्तोषजनक रहेको र स्वास्थ्यस्थितिमा थप सुधार देखिएको उल्लेख छ।



प्रतिक्रिया दिनुहोस्