Logo

सभामुखद्वारा तुलाधरको स्वास्थ्यबारे जानकारी



काठमाडौँ, १४ कात्तिक / सभामुख कृष्णबहादुर महरा आज थापाथलीस्थित नर्भिक अस्पतालमा पुगेर त्यहाँ उपचाररत वरिष्ठ मानवअधिकारकर्मी एवं पूर्वमन्त्री पद्मरत्न तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

न्युरो अस्पतालबाट तुलाधरलाई मङ्गलबार रिफर गरी नर्भिक अस्पतालमा लगिएको थियो । सो अस्पतालका चिकित्सकद्वय आरके अग्रवाल र राजीव झालगायतका समूह उनको उपचारमा संलग्न छन् ।

सो अवसरमा सभामुख महरालाई उपचारमा संलग्न चिकित्सकले तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएका थिए ।

उपचारमा कुनै कमी हुन नदिन सो अवसरमा सभामुख महराले चिकित्सकसँग आग्रह गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका सभामुख महराको निजी सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्