Logo

आईएसआईएसको आधार क्षेत्रमा १५ सयको सामूहिक चिहान भेटियो



काठमाडौँ,१४ कात्तिक । सिरियामा एकै ठाँउमा रहेका १५ सय जनाको सामूहिक चिहान भेटिएको छ ।सर्वसाधारण नागरिकको सो चिहान तत्कालीन समयमा इस्लामिक स्टेट आईएसआईएस लडाकूहरूको मुख्य केन्द्र मानिने रक्वा प्रान्तमा रहेको पत्ता लागेको अल वाटन नामक पत्रिकाले बुधबार लेखेको छ ।

सरकार पक्षीय सो पत्रिकाले स्रोतलाई उद्धृत गर्दै लेखेको समाचारमा अमेरिकी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा परी उनीहरू मारिएको उल्लेख छ ।रक्वालाई कब्जा गर्न अमेरिकी नेतृत्वको गठबन्धनले कुर्दिस नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सलाई सघाएको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्