Logo

छैठौं राष्ट्रिय लोक दोहोरी अवार्ड मंसिरमा



काठमाडौ । ‘अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन’ भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिले ‘छैठौं रास्ट्रीय लोक दोहोरी अवार्ड २०७५’ को आयोजना गर्ने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल, उपत्यका समन्वय समिती काठमाडौंद्वारा आयोजित विभिन्न ३२ वटा विधामा अवार्ड वितरण गरिने आयोजकले जानकारी दिएको छ ।

मंंसिर २९ गते शनिबार सम्पन्न हुने अवार्ड कार्यक्रम प्रज्ञा प्रतिस्ठान, कमलादी काठमाडौमा हुने छ । यस कार्यक्रममा कलाकारहरुलाई अवार्ड बितरण गर्नुका साथै अग्रज कलाकारहरुलाई सम्मान पनि गरिने छ ।

उपत्यका समन्वय समिती आयोजकको रुपमा रहने छ भने समन्वय समिती अन्तर्गत रहेका ९ वटा समिती सहआयोजकको रुपमा रहने छन् । सो अवार्डको मनोनयन केही हप्तामा सार्वजनिक हुनेछ ।



प्रतिक्रिया दिनुहोस्