Logo

श्रीलङ्काली राष्ट्रपतिले गरे संसदको निलम्बन फुकुवा,शक्ति सङ्घर्ष सुल्झने आशा



shri-lanka-

काठमाडौँ,५ कात्तिक । श्रीलङ्काका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले संसदको निलम्बन फुकुवा गरी सोमबारका लागि संसदको बैठक बोलाएको जनाइएको छ। अधिकारीहरुले दुई प्रधानमन्त्रीबीचको शक्ति सङ्घर्ष सुल्झाउन संसदको यो बैठकले मद्दत गर्ने विश्वास लिएका छन् ।

राष्ट्रपति सिरिसेनाले रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरी संसद निलम्बन गरेका थिए । संसद निलम्बन गरेसँगै राष्ट्रपतिले रनिल विक्रमासिङ्घेको सट्टामा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।विक्रमासिङ्घेले राष्ट्रपतिको कदमलाई खारेज गर्नुका साथै प्रधानमन्त्रीको सरकारी निवास छाड्न अस्वीकार गर्दे आएका छन ।

“बुधबार साँझ राष्ट्रपति र संसदका सभामुखबीच भेटवार्ता भयो । यो एक किसिमको मध्यस्थता हो,” वार्तामा सहभागी एकजना अधिकारीले जानकारी गराए । “अन्यथा, सभामुखले राष्ट्रपतिको कदमलाई बेवास्ता गरी शुक्रबार संसदको बैठक आह्वान गर्ने तयारी भएको थियो ।”संसदमा यो सङ्कटका बारेमा सोमबार मतदान हुने नहुने विषय भने स्पष्ट भइसकेको छैन ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्