काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले चलचित्र मालिका सबैले हेर्नैपर्ने चलचित्र भएको दाबि गरेका छन् ।मुख्यमन्त्रीसँगै कानून मन्त्री नरेश भण्डारी, वीरेन्द्र नगरपालिकाका मेयर देव कुमार सुवेदी, उममेयर माेहनमाया ढकाल लगायतले यस वर्षको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘मालिका’ हेरेका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्र नगरमा रहेको लक्ष्मि चलचित्र हलमा पुगेर मालिका नियालेका हुन । चलचित्र मालिका भोली देखि देशभर एकसाथ प्रदर्शनमा आउँदैछ ।
चलचित्रमा कर्णालीको कथा समावेस गरिएको छ । कर्णालीकी कमला वली फिचरिङ गरिएकी छन् । कर्णालीका विभिन्न स्थानहरुमा छायांकन गरिएको चलचित्रले सिंगो महिला जीवनका कथा, पीडा, हक अधिकार र महिलाले आफ्नो जीवन आफ्नै वसमा राख्न सक्नुपर्ने लगायतका अनेकन मुद्धा उठाईएको निमार्ता नर बहादुर कार्कीले बताएका छन् ।