Logo

अमेरिकामा फेरि मृत्युदण्ड



सिकागो, १६ कात्तिक। दुई जनाको हत्यामा दोषी पाइएका अमेरिकाको टेनेसी निवासी एक व्यक्तिलाई विद्युतीय कुर्चीमा राखेर बिहीबार मृत्युदण्ड दिइएको छ ।

विद्युतीय विधिबाट पाँच वर्षमा मृत्युदण्ड दिइएको पहिलो घटना हो । मृत्युदण्ड पाउनेमा ६३ वर्षीय एडमन्ड जागोसर््की रहेका छन् ।

जागोसर््कीले सन् १९८३ मा दुई व्यक्तिलाई गाँजाको लोभ देखाएर जङ्गलमा पु¥याई हत्या गरेका थिए । हत्या गरिएका व्यक्तीको शरीर दुईहप्ता पछि फेला परेको थियो । उनीहरु दुवैलाई गोली हान्नुका साथै घाँटी रेटिएको थियो ।

अमेरिकी सर्वोच्च अदालतमा अन्तिम क्षणमा गरिएको अपिल सर्वोच्चले खारेज गरेको थियो । मृत्युदण्डका लागि संयुक्तराज्य अमेरिकाका नौवटा राज्यमा अझै पनि विद्युतीय कुर्चीको प्रयोग हुने गरेको छ । टेनिसी राज्यका अधिकारीहरुले टेनिसी राज्यको कानुन बमोजिम मृत्युदण्ड दिइएको बताएका छन् । (रासस/एएफपी)



प्रतिक्रिया दिनुहोस्