Logo

श्रीलङ्कमा रक्तपातको चेतावनी



काठमाडौँ,१७ काठमाडौँ । श्रीलङ्काका अपदस्त प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संविधान विपरित राज्य नियन्त्रण गर्न खोजे रक्तपात हुने चेतावनी दिएका छन ।

मुलुकमा सृजना भएको राजनीतिक तथा संवैधानिक संकट संवैधानिक तबरबाट नै समाधान गर्न उनले जोडदार माग राखेका छन ।निर्वाचित प्रधानमन्त्री विक्रमासिङ्घेलाई गत हप्ता राष्ट्रपति मैत्रीपाला सिरिसेनाले एकाएक बर्खास्त गरेको घोषणा गरेका थिए।

उनको सट्टामा राष्ट्रपति सिरिसेनाले आफैँसँग राष्ट्रपतिमा प्रतिश्पर्धा गरेका पुर्वराष्ट्रपति महेन्दा राजापाक्षेलाई नियुक्त गरेका थिए ।राष्ट्रपति सिरिसेना र अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घे विच केही विषयमा सुरु भएको विवादले राजनीतिक संकट निम्त्याउने सम्मको अवस्थामा पुयाएको हो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्