Logo

निर्वाचनमा गरेका प्रतिबद्धता पाँच वर्षभित्र पूराः मन्त्री बस्नेत



काठमाडौँ,१७ कात्तिक । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले पाँच वर्षभित्रमा सरकारले गरेका प्रतिबद्धता पूरा गर्ने बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको गोरखा नगरपालिका– ३ ले नारेश्वरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले भने, “निर्वाचनका बेला जनतासँग जे प्रतिबद्धता गरेका छौँ, पाँच वर्षभित्रमा पूरा गर्छौं ।”

मन्त्री बस्नेतले सङ्घ, प्रदेश र स्थानीय सरकारले मिलेर समृद्ध नेपालको परिकल्पना पूरा गर्ने बताउँदै “जनताका कतिपय अपेक्षा अहिले नै पूरा भएका छैनन्, त्यो स्वाभाविक हो तर सरकारले केही गर्नै सकेन भन्नु गलत हो”, भने।

“सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी बिजुली लगायतका सबै आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर समृद्ध नेपालको विकासका निम्ति काम गरिरहेको छ”, उनले भने, “समृद्ध नेपाल र सुखी नेपालीको नारालाई ध्यानमा राखेर सरकारले बजेट ल्याएको छ, त्यसको कार्यान्वयन भर्खरै शुरु भएकाले बल्ल जनताले अब परिवर्तनको महसुस गर्न पाउने छन् ।” रासस



प्रतिक्रिया दिनुहोस्