Logo

१८ आइएसका लडाकू मारिए



काठमाडौँ,१८ कात्तिक । अफगानिस्तानमा भएको पछिल्लो घटनामा परी कम्तीमा १८ जना लडाकू मारिएका छन् ।पूर्वी प्रान्त नान्गरहरमा भएको घटनामा परी मारिनेमा सबैजना इस्लामिक स्टेट आइएसका लडाकूहरु भएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

अफगान रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “अफगान सेनाले चलाएको हवाई आक्रमणमा परी नाज्यान जिल्लामा शनिबार उनीहरुको मृत्यु भएको हो ।”

विज्ञप्तीमा घटनाका बारेमा विस्तृत विवरण दिइएको छैन । घटनामा सर्वसाधारण पनि मारिएको वा धनमालको नोक्सानी भएको बारे कुनै जानकारी प्राप्त भएको छैन । घटनाका बारेमा आइएसले कुनै प्रतिक्रिया जनाएको छैन ।

पहाडी क्षेत्रमा पर्ने सो स्थान राजधानी काबुलदेखि १२० किलोमिटर पूर्वमा पर्दछ । त्यस क्षेत्रमा आइएस लडाकूहरु र सुरक्षाकर्मीबीच बेलाबेलामा भइरहने भिडन्तका कारण हजारौं स्थानीयबासी पलायन हुन बाध्य भएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्