Logo

कांग्रेस केन्द्रिय कार्यसमिति बैठक यही कात्तिक २१ गते



काठमाडौं, १८ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक यही कात्तिक २० गतेको लागि बोलाएको छ।

कात्तिक २० गते मंगलबार दिउँसो १ बजे सानेपास्थित पार्टी कार्यालयमा बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

बैठकमा मंसिर पहिलो साता हुने महासमिति बैठकको तयारी, पार्टीको संघीय विधान तथा नेविसंघको विधानबारे छलफल हुने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्