Logo

अमेरिकाः बहालवाला र पूर्वराष्ट्रपतिहरू चुनावी प्रचारमा



काठमाडौँ,१९ काक्तिक । संयुक्त राज्य अमेरिकामा संसदीय चुनाव हुनुभन्दा दुई दिनअघि रिपब्लिकन र डेमोक्र्याट्सले मतदाताहरूलाई आफ्नो तर्फबाट अन्तिममध्येका केही अपील गरिरहेका छन्।

आसन्न संसदीय चुनावलाई राष्ट्रपति डोनल्ड ट्रम्पको परीक्षणका रूपमा हेरिएको छ। बहालवाला र पूर्वराष्ट्रपतिहरू चुनावी प्रचार अभियानमा सहभागी भएका छन्।

पूर्वराष्ट्रपति बराक ओबामाले इण्डियानामा डेमोक्र्याटिक पार्टीका सिनेटरलाई समर्थन गरिरहेका छन् भने ट्रम्पले जर्जियामा एउटा चुनावी र्‍यालीलाई सम्बोधन गर्दैछन्।त्यहाँ गभर्नर पदका लागि हुने प्रतिस्पर्धा मतदान गर्न को योग्य छ भन्ने विवादका कारण ओझेलमा परेको छ।

रिपब्लिकन पार्टीका तर्फबाट उठेका उम्मेदवारका अनुसार मतदाता नामावली प्रणालीमा डेमोक्र्याटिक पार्टीले अनधिकृत रूपमा पहुँच स्थापित गर्नका लागि गरेको असफल प्रयासबारे जर्जियास्थित अधिकारीहरूले छानबिन गरिरहेका छन्।डेमोक्र्याटिक पार्टीका उम्मेदवारले चाहिँ सो छानबिनलाई ुविक्षिप्तु कदम भनेका छन्।

यसअघि राष्ट्रपति ट्रम्पले अमेरिकी चुनावमा हस्तक्षेप गर्न खोज्ने विदेशीलाई प्रतिबन्ध लगाउन सक्ने व्यवस्था गरिएको आदेशमा हस्ताक्षर गरिसकेका छन्।

चुनाव आउन आठ हप्ता बाँकी छँदा प्रतिबन्धसम्बन्धी नयाँ व्यवस्था गरिएको थियो।अमेरिकी राष्ट्रिय गुप्तचर निकायका निर्देशक ड्यान कोट्सले चुनावको निष्पक्षता सुनिश्चित गर्न पछिल्लो कदम चालिएको बताएका थिए।

गत अगस्टमा ट्रम्पले संसदीय चुनावमा डेमोक्र्याटिक दलले जिते आफ्ना नीतिहरू ुहिंसात्मक रूपलेु उल्ट्याइने चेतावनी दिएका थिए।अमेरिकी तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ स्थान र माथिल्लो सदन सिनेटका १०० मध्ये ३५ स्थानका लागि चुनाव हुन लागेको हो।ती निर्वाचन वाक् एवम् धार्मिक स्वतन्त्रताका निम्ति जनमत सङ्ग्रह सरह हुने ट्रम्पले बताउने गरेका छन्।बीबीसी



प्रतिक्रिया दिनुहोस्