काठमाडौं । चलचित्र निर्माता राजेश गुरुङ र समाजसेवि दीपा बोहरा ऐरको संयुक्त प्रयासमा काश टोल सुधार समिति पठनाजोल वडा नम्बर १६ को लागि सहयोगार्थमा ड्रिम गेट्स निमार्णको लागि च्यारिटि शो सम्पन्न गरेको छ ।
हाम्रो देश नेपाल भन्दा ८ वर्ष पछि मात्रै निमार्ण भएको हालको अमेरिका विश्वका मानिसहरु लागि सपना जस्तै बन्न सफल भएको छ । कतिपय अन्य नागरिकका लागि विपना र कतिपय मानिसको लागि सपना बनेको अमेरिका नेपालीहरुको लागि भने आँखाले देखेको समपना हो ।
सर्वाधिक रुपमा विकासमा अब्बल सावित भएको अमेरिकामा बस्ने नेपालीहरु र केही नेपाली कलाकारहरुले ‘अमेरिकन बाबु मेडइन नेपाल’ नामक चलचित्र निमार्ण गरेका छन् । साथै उक्त चलचित्र नेपालमा राजधानीको कमल पोखरीमा रहेको सिटिसी महलमा एक च्यारिटी ‘शो’ सम्पन्न गरेको छ ।
राजेश गुरुङ निर्माता रहेको चलचित्र ‘अमेरिकन बाबू मेडईन नेपाल’का निर्देशक ईश्वर थापा हुन । चर्चित अभिनेत्री नन्दीता केसी, नायक बाबु बोगटी, स्मृति पोखरेल, प्रियङ्का ऐर, अञ्जली लामा, प्रेवश उप्रेती लगायतको अभिनय रहेको छ ।
नेपालीहरुले अमेरिकालाई कसरी लिन्छन ? अमेरिकामा पुगेर नेपालीहरु कत्तिको खुसि छन् ? अमेरिका नेपालीहरुको लागि कस्तो देश हो ? अमेरिकी नेपालीहरु मातृभूमिलाई कसरी सम्झिने गर्छन् ? लगायतका तमाम प्रसंगहरु चलचित्रले दर्शाउन खोजेको छ ।