Logo

चलचित्र‘मालिका’को बारेमा संयुक्त राष्ट्र संघिय जनसंख्या कोषले गर्यो प्रसंशा



काठमाडौं । कात्तिक १६ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘मालिका’को बारेमा सर्वत्र चर्चा र प्रसंशा भईरहेको बेला सयुक्त राष्ट्र संघिय जनसंख्या कोषले पनि समर्थन जनाएको छ । साथै सयुक्त राष्ट्र संघिय जनसंख्या कोषले आधिकारिक ट्वीट गर्दै मालिका निर्देशक, अभीयन्ता रेखा थापालाई उच्च प्रसंशा गरेको छ ।

कोषको आधिकारीक ट्वीटमा चलचित्र ‘मालिका’ ले लैङ्गिक न्याय र समानताको आवाज मुखरित गरेको उल्लेख गरिएको छ ।चलचित्र ‘मालिका’ की निर्देशक, नायिका एवम् अभीयन्ता रेखा थापालाई उच्च प्रसंशा गरेको छ । सयुक्त राष्ट्र संघिय जनसंख्या कोषले गरेको ट्वीट यस प्रकार रहेको छ ।

Let’s give a round of applause to Rekha Thapa! Her new movie “Maaleekaa” unmasks gender inequality & shows how gender-based violence is impacting Nepali society in different ways.  UNFPA Nepal (@UNFPANepal) November 5, 2018



प्रतिक्रिया दिनुहोस्