Logo

इन्डोनेसियामा ५।१ म्याग्नीच्युडको भूकम्प



काठमडौँ, २० काक्तिक । इन्डोनेसियाको सुलावेसी द्वीपमा मङ्गलबार ५।१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसले जनाइएको छ ।

स्थानीय समयाअनुसार मङ्गलबार बिहान २ः३५ बजे गएको यस भूकम्पको केन्द्रबिन्दु पूर्वी ममासा र पश्चिम सुलावेसीमा पर्ने इलाकाको ११ किलोमिटर गहिराईमा रहेको जनाइएको छ । यस भूकम्पपछि सुनामीको सुचना भने जारी गरिएको छैन ।

यसअघि गत सेप्टेम्बर २८ मा इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरमा ७।५ म्याग्नीच्युडको भूकम्प गएको थियो ।
यस भूकम्पमा परी २ हजार भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै २ लाख २० हजार भन्दा बढी विस्थापित भएका थिए । इन्डोनेसिया भूकम्पको प्रकोपले बारम्बार सताउने देशको सुचीमा पर्दछ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्