Logo

विकासको नाममा पत्रकारले विवादलाई महत्व दिन नहुनेः मुख्यमन्त्री पोख्रेल



काठमाडौँ,२० कात्तिक । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले व्यक्तिलाई दण्डित गर्ने अधिकार अदालतलाई मात्रै भएको बताए । सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य सम्बन्धमा घोराहीमा आज भएको कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले अपराधको निक्यौल गर्दै दोषीलाई दण्ड गर्ने अधिकार कुनै व्यक्ति, संस्था वा निकायलाई नहुने जानकारी गराए।

मुख्यमन्त्री पोख्रेलले नागरिकको आवाजलाई सरकार समक्ष पु¥याउने माध्यम पत्रकारिता भएकाले यसको दुरुपयोग हुनबाट रोक्नुपर्ने बताउँदै विकासको नाममा पत्रकारले विवादलाई महत्व दिन नहुने जनाए । अबको समय विकास र समृद्धिको भएको भन्दै उनले पत्रकारिताप्रतिको अपराध राज्यविरुद्ध र लोकतन्त्रविरुद्धको अपराध हो रहेको जनाएका थिए ।

फ्रिड्म फोरमले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोख्रेलले अहिलेसम्म नेपालमा ३६ जना पत्रकारको हत्या र चार जनाको अपहरण भएको बताए । राज्यले घटनाको सत्यतथ्य छानबिन गरेर पीडितलाई न्यायको महसुस गराउन नसकेको उनले जनाएका थिए। रासस



प्रतिक्रिया दिनुहोस्