Logo

लागुऔषधसहित एक जना पक्राउ



काठमाडौँ,२० कात्तिक । प्रहरीले सिरहाको गोलबजार नगरपालिका–४ गोलबजारबाट लागुऔषध सेतो ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले ६० ग्राम सेतो ब्राउन सुगर तथा नगद रु ४० हजारसहित सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ३० वर्षीया रूबि बेगमलाई पक्राउ गरेको हो ।

यस्तै सशस्त्र प्रहरीको टोलीले रु पाँच लाखभन्दा बढी मूल्य बराबरको ३४ थान अवैध मोबाइलसेट बरामद गरेको छ । सोमबार लहान नगरपालिका–१९ कटहाचौक र प्रयागपुर गाउँको बीचबाट अवैध मोबाइलसेट बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्