Logo

मर्न तयार भएकी प्रज्ञा भन्छिन्,‘मालिका’ हेरेपछि बाँच्न मन लाग्यो’



प्रज्ञा बुढाः काठमाडौं । मानिसको जीवनमा एउटा पल, एउटा वाक्य, एउटा पक्ष र एउटा मानिसकोसाथले कति फरक पार्दछ । त्यो कुरा भोग्नेहरुलाई लागि मात्रै थाह हुन्छ । हरेक व्यक्तिमा कला र गला थपिएको हुन्छ । तर ‘भाग्य’ को तला भने थपिएको हुँदैन । त्यो तला थप्ने काम आफैले गर्नुपर्ने रहेछ ।

गत शनिबार केही पत्रकारसाथीहरुको साथमा कात्तिक १६ गतेबाट प्रदर्शन भईरहेको नायिका रेखा थापाको चलचित्र ‘मालिका’ हेर्ने अवसर मिल्यो । अर्को अर्थमा वितेको शनिबार मेरो लागि जीवनको स्मरण गर्न योग्य दिनका रुपमा बित्यो । म जे लेख्न खोजिरहेकी छु । कलम त्यो नलेख्न सक्छ । कमल जे लेख्न सक्छ त्यो मेरो मनको कुरा नहनु पनि सक्छ । तर मनको बहपोख्न त पर्यो नि ।

मेरो जीवनका धेरै बशन्तहरु अभाव, दबाब र खराव रुपमा बिते । विश्व समाज अर्काको दुःखमा साथ दिन खोज्दैन । प्रगतीमा डाह गर्छ । कुरा काट्छ । खुट्टा काट्नेहरु धेरै हुन्छन् । सबैका कुरा सुन्न सकिदैन रहेछ । भन्नेहरु जतिको मुख थुन्न पनि सकिने रहेनछ । रेखा थापाको मालिका हेर्नुपूर्व संसारमा बाँच्नुको कुनै अर्थ देख्दिन थिए । कहिले कसो त मरौसम्म लाग्थ्यो । आमाले धेरै पटक मृत्युबाट खोसेर जोगाईराखेकी मैले चलचित्र मालिका हेरे त्यसपछि जीवनलाई नयाँ बाटोमा हिडाउनेमा पुगे ।

साच्चै चलचित्र मालिका नारीहरुको आवाज त हो नै । समाजको जिउँदो ईतिहास पनि हो । नारीहरु फूल हुन । फूल बैशालु उमेरमा वा सानोमा राम्रो हुन्छ । त्यसै समयमा भवराहरुका आँखा लाग्छन् । फूलहरुलाई जोगिन मुस्किल पर्छ । रेखा थापा नेपाली चलचित्र जगतकी शक्तिशाली नायिका हुन । उनको विगतलाई हेर्ने हो निक्कै आरोह अपरोह छन् ।

जस्तो मेरो जीवनमा थिए र छन् । त्यसैले होला मलाई रेखा मन पर्छन् । उनका फिल्महरु नछुटाईकन हेर्नगर्छु । उनले बालबिवाह गरिन । एकातर्फ चलचित्रमा लागेर केही गर्नु थियो । एक दशकको सम्बन्धलाई बे्रक गरेर एक्लो वृहस्पतीको रुपमा नारीहरुको लागि उभिरहेकी छन् । कचिलो उमेरमा नसोचेको हुँदो रहेछ । ठूला रहरहरुको पहाडले थिच्ने रहेछ ।

फूलमा लागेको दाग देखेर समाजले धेरै शंकागर्ने गर्छन् । समाजले के भन्ला भन्ने पिरपर्छ । आफ्नो लागि बाँच्नु धेरै परको कुरा हुँदो रहेछ । अरुको लागि बाँच्नुपर्ने रहेछ । तर रेखाले त्यो सब भुलिन केवल म के गर्छु भन्नेमा लागिन् । परिणाम स्वरुप मालिका जस्ता अब्बल चलचित्र निमार्ण गरिन । म जस्ता जीवनबाट हारिसकेको महिला नारीहरुको लागि प्रेरणा बनिन् । मालिका हेरेपछि मैले केही गर्नुपर्छ भन्ने लाग्यो ।

कक्षा ८ मा पढ्दैगर्दा काठमाडौंसम्म भागेर आए । सपनाको ठूलो सहरमा मेरो विशाल रहरहरुको हत्या भयो । सपनाहरु लास बने । आशाको दियो ओझेलमा पर्न थाल्यो । कामको खोजिमा भौतारिनु पर्यो । राजधानीमा मेरा सपनाहरुको हत्या भईसकेपछि पुनः म सुर्खेत गए । जाजरकोटमा रहेका आफ्न्तको साहरामा एसएलसी पास गरे । बीचमा लभले दुःख दियो । माया प्रेमले सपनाहरु देखायो । आजको दिनसम्म पनि त्यो भ्रमपूर्ण प्रेमलाई बिर्सिन सकिरहेकी छैन् ।

मानिसको जीवनले एसएलसी पछि नयाँ मोड लिने रहेछ । मैले एसएलसी पास गरेपछि रेडियोमा कामगर्न पुगे । सानैदेखिको एउटा रहर रेडियोमा बोल्नुपनि थियो । जब रेडियोमा पुगे त्यसपछि बल्ल जीवनलाई बुझ्ने मौका पाए ।

दोस्रो पटक उही पुराना सपनाहरु लिएर काठमाडौं बस्न थालेकी छु । मालिका हेरेपछि अझै जीवन धेरै छ जस्तो लाग्यो । मैले पनि केही गर्नुपर्छ भन्ने लाग्यो । मालिका नेपाली नारीहरुको जीवन हो । मालिका चलचित्रकी पात्र जया उर्फ कमला वली विहेको मण्डवबाट काठमाडौंमा हानिएकी हुन्छन ।

काठमाडौंबाट घर फर्किदा कमलाको बाबाले मेरो नाम फालिस, नकचरी, त कता गएर आईस भनेर मन दुखाउनु हुन्छ । हो त्यस्तै मेरो जीवनमा परेको छ । रत मालिकाले मलाई बालविबाहको बिरुद्धमा बोल भन्यो । नेपाली नारीहरुको लागि स्वर्णिम देशको रुपमा नेपाललाई बनाउनु पर्छ भन्नेमा पुर्यायो । धेरै चलचित्र हेरियो । आफ्नो जिन्दगी भेटिएन । मालिका हेरेपछि आफूले भोगका दुःख, अभावहरु भेटिए । त्यसैले मालिका चलचित्रका पात्रहरुले अंगालेको बाटो मेरो प्रिय रोजाई र भरोसा बन्यो । अन्त्यमा, मालिका यूनिटलाई बधाई छ । सम्पूर्ण नारीहरुले हेर्नैपर्ने चलचित्र बनेको छ । सबैलाई चलचित्र मालिका अवलोकनका लागि आग्रह गर्दछु ।

(प्रज्ञा बुढा सञ्चारकर्मी एवम् कलाकार हुन)



प्रतिक्रिया दिनुहोस्