Logo

धार्मिक सहिष्णुताको नमूना नेपाल : अध्यक्ष तिमिल्सिना



चितवन, २१ कात्तिक / राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल धार्मिक सहिष्णुताको नमूनाको देश भएको बताउनुभएको छ ।

विश्वमा धर्मको नाममा हिंसा भएको बताउँदै उहाँले नेपालको धार्मिक एकताले विश्वमा पहिचान दिएको छ भन्नुभयो । भरतपुरको बागेश्वरीमा रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा आज सामूहिक गौ पूजन कार्यक्रममा उहाँले सबै धर्मलाई मिलाएर लैजान सक्ने क्षमता नेपालीमा भएकोे बताउनुभयो । सबै धर्मलाई सम्मान गरेर अगाडि बढ्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो ।

उहाँले हिन्दूधर्मले सबै धर्मको सम्मान गरेको भन्दै यसमा गर्व गर्नुपर्ने बताउनुभयो । सो अवसरमा केन्द्रमा संरक्षण गरेर राखिएका १५० गाईको पूजा गरिएको थियो । बागेश्वरीमा वर्षेनी सामूहिक गौ पूजन गरिन्छ ।

लक्ष्मी पूजाको अवसरमा आज केन्द्रमा गाईको पूजा गर्न ठूलो भीड लागेको थियो । गाई पूजासँगै गोवद्र्धन पूजा गरिएको थियो ।(रासस)



प्रतिक्रिया दिनुहोस्