Logo

प्रधानमन्त्री ओलीद्धारा भुटानका प्रधानमन्त्रीलाई शुभकामना



काठमाडौँ, २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले डा लोते छिरिङलाई उहाँले भुटानको प्रधानमन्त्रीको उच्च पद सम्हाल्नुभएकोमा शुभकामना व्यक्त गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयद्वारा आज प्रकाशित विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीले आज पठाउनुभएको सन्देशमा प्रधानमन्त्री छिरिङको सफल कार्यकालको कामना पनि गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध अझ बढी मजबुत बनाउन निकटमा रहेर कार्य गर्ने तथा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मन्चहरुमा साझा सवाललाई अघि बढाउने चाहना पनि व्यक्त गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्