काठमाडौं, २२ कात्तिक। युएफा च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लबहरु म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाईटेड विजयी भएका छन् ।
गएराति भएको समूह ‘एच’को खेलमा म्यान्चेस्टर युनाईटेडले ईटालीको युभेन्टस्लाई २–१ ले हरायो । खेलमा युभेन्टसका क्रिस्चियानो रोनाल्डोले पहिलो गोल गरे पनि म्यान्चेस्टर युनाईटेडले अन्तिम ४ मिनेटमा दुई गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो ।
म्यान्चेस्टर युनाईटेडका लागि हुँवा माटाले पहिलो गोल गरे भने युभेन्टसका लियोनार्दो बोनुचीले एक आत्माघाती गोल गरे । यही समूहको अर्को खेलमा स्पेनको भ्यालेन्सियाले स्विट्जरल्याण्डको योङ ब्वाईजलाई ३–१ ले पराजित गर्यो । एजेन्सीको सहयोगमा