Logo

‘गणेशमान सिंहको विचार नेपाली कांग्रेसले अनुशरण गर्न सकेन’



काठमाडौं, २४ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लौहपुरुष गणेशमान सिंहको विचार नेपाली कांग्रेसले अनुशरण गर्न नसकेको बताएका छन् ।

गणेशमान सिंहको १०४ औं जन्मजयन्तीको अवसरमा काठमाडौंको शोभाभगवतीमा रहेको सिंहको प्रतिमामा माल्यार्पण गर्दै उनले गणेशमान सिंहले देखाएको बाटोमा कांग्रेस हिँड्न नसकेको आरोप लगाएका हुन् ।

गणेशमान सिंह कुनै एक पार्टीको मात्र नेता नभई सबैको साझा नेता भएको उनको भनाइ थियो । नेपालको प्रजातान्त्रिक आन्दोलन सफल बनाउन सबैलाई एकताबद्ध पार्न गणेशमानको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।

स्व. गणेशमान सिंहका छोरासमेत रहेका उनले पद, प्रतिष्ठा र कुर्सीका लागि मरिहत्ते गर्ने अहिलेको अवस्थामा गणेशमान सिंहको आदर्शबाट पाठ सिक्नुपर्ने बताए । उनले नेपाली कांग्रेस विधानअनुसार नचलेको पनि आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्