Logo

धमलामाथि प्रमोदको हमला (भिडियोसहित)



काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलले आफुले गाएका गीतहरु चर्चामा रहनुको कारण मेहनत र दर्शक स्रोताको माया भएको बताएका छन् । प्राईम टाईम टेलिभिजन मार्फत प्रसारण हुने चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा गायक खरेलले यस्तो बताएका हुन ।

मागि बिवाह गरेका गायक खरेल आधुनिक गीत क्षेत्रमा निक्कै मेहनत गर्ने गायक भित्र पर्दछन् । म विना मुस्किल छ पोखरामा बोलको गजलबाट चर्चामा आएका खरेल सादा जीवन बाँचि रहेको बताउछन् ।

आजका दिनसम्म करिब २ हजार गीत मध्यमा उत्कृष्ण गीत कुन हो नि ? भनेर सोधिएको प्रश्नमा उत्कृष्ण गीत गाउन बाँकि रहेको बताए । उनले भने,‘मैले करिब २ हजार गीतमा आवाज दिए, सबै गीत राम्रा छन्, अझै राम्रो गीत आउछ भन्नेमा छु, जस्तो पहिले पनि राम्रो भनेर लगाएको लुगा अर्को राम्रो आउछ त्यो लगाउन मन लाग्छ ।’

आफ्नो प्रतिष्पर्धि स्वयम आफु भएको बताउने गायक खरेल संसारमा कुनैपनि चिजसँग राम्रो र नराम्रो पक्ष वा गुण हुने भएको नेपाली गीत संगीतमा केही नराम्रो पक्षहरु भएको स्वीकार गर्छन् । विकृति कुन चिजलाई भन्ने ? कसैले त्यहि चिजलाई राम्रो भनेका हुन्छन् । कोही त्यसको बिरोध गर्छन् । भेलमा सबै कुरा बगेर आउछ । राम्रो नराम्रो दर्शक स्रोताले छान्नुपर्नेमा जोड दिन्छन् ।

भिडियो हेर्नुहोस् 

 



प्रतिक्रिया दिनुहोस्