Logo

महासमिति बैठक नसार्न शेखर कोइरालाको चेतावनी



काठमाडौं, २५ कात्तिक ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अब पनि पार्टीको महासमिति बैठक सर्ने हो भने सिंगो पार्टी नै खतरामा पर्ने जिकिर गरेका छन् ।

कांग्रेस महासमिति बैठक फेरि एक पटक सरेर मंसिर २८ गते गर्ने भनिएको छ । त्यो मिति पनि सर्यो भने सिंगो पार्टीलाई नै कमजोर बनाउने  कोइरालाको भनाइ छ ।

उनले विधानमै महासमिति बैठक गर्नु जरुरी रहेकाले निरन्तर सर्दै जाने हो भने त्यसले घाटामात्र हुनेछ भने । महासमिति बैठक एक वर्ष सारियो भने सभापति त रहँदैन नै काँग्रेससमेत नरहने खतरा भएको उनको भनाइ छ ।

डा कोइरालाले विधानलाई राम्रो बनाउनेबारे अहिलेसम्म राम्ररी बहस नै हुन नसकेको भन्दै संस्थापन र गुटउपगुट अनावश्यक तरिकाले अगाडि बढेको बताएका छन् । उनले संस्थापन पक्ष पदाधिकारी नबढाउने र इतर पक्ष बढाउनु पर्छ भनेर सुरक्षित हुन खोजेको मात्र बताए ।



प्रतिक्रिया दिनुहोस्