Logo

नेपालीको स्मरणमा तुलाधरको योगदान रहिरहने छः राष्ट्रपति



काठमाडौँ,२५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता एवं मानवाधिकारकर्मी पद्ममरत्न तुलाधरको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेकी छन।

राष्ट्रपति भण्डारीले स्व तुलाधरकी धर्मपत्नी नीलशोभालाई पठाएको समबेदनामा देश, जनता र लोकतन्त्रप्रति समर्पित साहसी तथा अथक योद्धा एवं पूर्वमन्त्री तुलाधरको असामयिक निधनले आफूलाई अत्यन्त दुखित तुल्याएको बताईएको छ।

समवेदना सन्देशमा राष्ट्रपतिले लेखेकि छन, “सदैव नागरिक स्वतन्त्रता, शान्ति, राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय र समानताको पक्षमा आवाज बुलन्द गर्ने उहाँ एक निर्भीक, लोकप्रिय र जनपक्षीय नेता हुनुहुन्थ्यो ।”

भाषा र संस्कृतिको उत्थान, संरक्षण एवं सम्वद्र्घनमा उनको अगुवाइ र सक्रियता उल्लेखनीय रहेकाले उनको योगदान नेपाल र नेपालीले सदा स्मरण गरिरहने राष्ट्रपति भण्डारीले सन्देशमा विश्वास व्यक्त गरेको जानकारी दिईएको छ । “मुलुकलाई अपूरणीय क्षति पुगेको यस दुःखद क्षणमा स्वर्गीय तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु” समवेदना सन्देशमा भनिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्