Logo

जनता आपराधिक कार्यविरुद्ध सङ्गठित हुने अवस्था आयोः नेता बडू



काठमाडौँ,२६ कात्तिक । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणलाई काङ्ग्रेसले गम्भीर रुपमा लिएको जनाएका छन।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मूलद्वारअगाडि धर्ना बसेका निर्मलाका बुबा आमासहित महिला अधिकारकर्मीको सो कार्यक्रममा ऐक्यबद्धता जनाउँदै प्रतिनिधिसभा सदस्यसमेत रहेका काङ्ग्रेस नेता बडूले सरकारले अहिलेसम्म हत्यारा पत्ता लगाउन नसक्नु दुःखको कुरा भएको उल्लेख गरे ।

“सरकार यस घटनामा हत्यारा पत्ता लगाउन आलटाल गर्दैछ”, उनले भने, “यो घटनाले नेपाल प्रहरीको क्षमतामाथि जनताले आशङ्का गर्ने अवस्था आउनु दुःख कुरो हो ।” अपराधी जो सुकै भएपनि कानूनी कारवाहीको भागिदार हुनुपर्ने बताउँदै उनले जनता आपराधिक कार्यविरुद्ध सङ्गठित हुने अवस्था आएको उल्लेख गरेको जनाईएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्