Logo

मापसेमा परेका पाइलट निलम्बित



काठमाडौँ,२७ काक्तिक । भारतको हवाई उड्डयन नियामक निकायले मदिरा सेवन परीक्षणका क्रममा दोषी पाइएपछि एकजना वरिष्ठ पाइलटलाई तीन वर्षसम्म जहाज उडाउन नपाउने गरी रोक लगाएको छ।

सरकारी स्वामित्वको एयर इण्डियाको डिरेक्टर अफ अपरेसन्स् समेत रहेका क्याप्टेन अर्बिन्द कठपालियाले आइतबार दिल्ली लण्डनको उडानलाई नेतृत्व गर्न लागेका थिए।

मदिरा सेवन परीक्षणमा असफल देखिएपछि उनको ठाउँमा अर्का पाइलटलाई ल्याइएको थियो। क्याप्टेन कठपालियाले भने आफूविरुद्ध लागेका अभियोगहरू अस्वीकार गरेका छन्।उड्डयन निकायका अधिकारीहरूले गत वर्ष पनि त्यस्तै अभियोगमा उनलाई तीन महिनासम्म निलम्बित गरिएको बताएका छन्।

उड्डयन नियामक निकाय डिरेक्टोरेट जेनेरल अफ सिभिल एभिएसन डिजीसिएले आफ्नो विज्ञप्तीमा भनेको छ, ूनियममा भएको प्रावधानहरू अनुसार उनको अनुमतिपत्रलाई नोभेम्बर ११ तारिखबाट लागू हुने गरी तीन वर्षसम्मका लागि निलम्बित गरिएको छ।

आइतवार क्याप्टेन कठपालियाले आफू एयर इण्डियाको आन्तरिक झगडाको पीडित भएको भन्दै उक्त परीक्षणको परिणामलाई चुनौती दिने बताएका छन्।उड्डयन नियमले पाइलटहरूलाई उडान भर्नु १२ घण्टा अघिदेखि मदिरा सेवनमा प्रतिबन्ध लगाउँछ र उडानअघिको मदिरा सेवन परीक्षण बाध्यकारी प्रावधान हो।

गत ज्यानुअरीमा,विमानको ककपिटभित्र झगडा गरेको भन्दै डिजीसिएले एकजना महिला र एकजना पुरुष पाइलटलाई पाँच वर्षसम्म उडान भर्न प्रतिबन्ध लगाएको थियो।लण्डन मुम्बई उडानक्रममा भएको उक्त घटनापछि निजी विमान कम्पनी जेट एयरवेजले ती पाइलटहरूलाई जागीरबाट बर्खास्त गरेको थियो।बीबीसी



प्रतिक्रिया दिनुहोस्