Logo

कारको ठक्करबाट महिलाको मृत्यु



दमक, २७ कात्तिक । कारको ठक्करबाट झापाको दमकमा आज एक पैदलयात्री महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाका अनुसार पूर्वपश्चिम राजमार्गको दमक नगरपालिका–४ सडकखण्डमा कारले ठक्कर दिँदा खोटाङ साकेला गाँउपालिका–४ का ५५ वर्षीया सीतामाया खड्काको मृत्यु भएको हो । खड्का दमक–९ मा बस्दैआउनुभएको थियो ।

बाटो काट्ने क्रममा पूर्वबाट आउँदै गरेको बा१७च ८१७२ नं को कारले खड्कालाई ठक्कर दिएको हो । ठक्करबाट सख्त घाइते खड्काको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्