Logo

तरुण महासचिव शाही र बेलायती नेताबीच भेट



काठमाडौं । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही र लेबर पार्टी बेलायतका स्याडो अर्थ मन्त्री सिमा जि र लेबर पार्टीका युबा नेता रिया र्बेनद्र जिसङबीच भेटवार्ता भएको छ ।

उक्त भेटघाटको क्रममा नेपाल र बेलायतको सम्बन्ध, कांग्रेस पार्टी र लेबर पार्टीको सम्बन्धकासाथै नेपाली युबा र बेलायती युबाहरुकोबीचमा अनुभव, सीप, ज्ञान, आइडिया शेयर गर्ने विषयमा कुराकानी तथा छलफल भएको महासचिव शाहीले जानकारी दिएका छन् ।

उक्तभेटघाटमा नेपाली कांग्रेस जनसम्पर्क समिती बेलायतका सभापति युबराज गुरुङको पनि उपस्थिति रहेको थियो । दुईसाताको लामो यूरोपियन देशको भ्रमणपछि केही दिनमा स्वदेश फिर्ता हुँदैछन् ।



प्रतिक्रिया दिनुहोस्