Logo

ब्लड डोनर्सका अध्यक्ष सत्यालले गरे १६० औं पटक रक्तदान



काठमाडौं । अन्तर्राष्ट्रिय नेप्लिज ब्लड डोनर्सका अध्यक्ष अजय सत्यालबाट हालै १६० औं पटकको रक्तदान गरेका छन् । काठमाडौंको गैरिधारामा २०११ सालमा जन्मिएका सत्य्याल सन १९८४ देखि अमेरिकाको फ्लोरिडा राज्यमा बसोबास गर्दै आएका छन् । फ्लोरिडा राज्यको बाताबरण बिभागको डाइरेक्टर रहेका सत्याल वायु प्रदुषण विशेषज्ञ समेत हुन ।

अन्तर्राष्ट्रिय नेप्लिज ब्लड डोनर्सका अध्यक्ष समेत रहेका सत्यालले नेपालमा रक्तदानको लागि महत्त्वपूर्ण भुमिका निर्वाह गरेका छन् । अन्तर्राष्ट्रिय नेप्लिज ब्लड डोनर्सले ०७५ र ०७६ मा १० लाख बराबरको रक्तदान सम्बन्धि कार्यक्रम समेत गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्