काठमाडौँ,२९ काक्तिक । कतारले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्विटजरल्यान्डलाई १(० ले पराजित गर्न सफल भएको छ। कतारका लागि अक्रम अफिफले ८६ औं मिनेटमा गरेको गोल नै विजयी गोल बन्न सावित भएको थियो ।
अफिफले नियमित समय सकिनुभन्दा ४ मिनेट अगाडी गोल गर्दै जित पक्का गरे । कतारका मिडफिल्डरले मैदानको मध्यभागमा बल खोसेपछि दिएको थ्रु बलमा अफिफले गोलरक्षकलाई छक्याउँदै खाली पोस्टमा गोल गर्र्न सफल भएका थिए।
फिफा वरियतामा ९६ औं स्थानमा रहेको कतारले आफूभन्दा ८८ स्थान माथि आठौं स्थानमा रहेको स्विटजरल्यान्डमाथि पहिलो जित दर्ता गरेको हो ।
विश्वकपको अन्तिम १६ मा पुगेको स्विटजरल्यान्डले घरेलु मैदानमा पछिल्लो १० खेलमा ९ क्लिन सिट राखेको थियो । कतारले अब सोमबार हुने मैत्रीपूर्ण खेलमा आइसल्यान्डको सामना गर्नेछ । एजेन्सी