Logo

१० नम्बरको जर्सीलगाएर मैदानमा उत्रदै रुनी



काठमाडौँ,२९ काक्तिक ।३३ वर्षीय इंग्ल्याण्डका स्टाइकर वायने रुनीले आफ्नो बिदाई खेलमा राष्ट्रिय टिमको कप्तानी गर्ने धोषणा गरेका छन । आफुले कप्तानी गर्ने त्यो खेलमा उनले त्यो खेलमा १० नम्बरको जर्सी पनि लगाएर मैदानमा उत्रने जानकारी गराएका छन।

त्यसो त उनले आफ्नो अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन् २०१७ मै सन्यास लिइसकेका छन तरपनि उनले बिहीबार वेम्बलीमा हुने अमेरिकासँगको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डबाट १२० औँ सहभागिता जनाउन गैरहेका छन ।

मैत्रीपूर्ण खेलमा फाबियन डेल्फले कप्तानका रुपमा खेल सुरु गर्नेछन् र पछि उनले रुनीलाई कप्तानी हस्तान्तरण गर्ने प्रशिक्षक ग्यारेथ साउथगेटले बताएका छन् । रुनीलाई गार्ड अफ अनर पनि प्रदान गरिनेछ । उनी अहिले अमेरिकाको क्लब डिसी युनाइटेडबाट खेल्दै आएका छन् ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्