काठमाडौं,२९ काक्तिक । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्रीले निर्वाचन र प्रधानमन्त्री भएपछि बोलेका मुद्दाहरु सम्बोधन गरेर जनताको मन जित्नु पर्ने बताएका छन ।
नेपाल प्रेस युनियन, राष्ट्रिय समाचार समिति प्रतिष्ठान शाखाको तेस्रो अधिवेशनको उद्घाटनमा बोल्दै उनले नागरिकको विश्वास जित्ने भन्दापनि प्रधानमन्त्री ओलीका गतिविधि त्यस विपरीत भइरहेको जानकारी गराए ।उनले सरकारको पछिल्लो निर्णयले संविधानमाथि प्रश्न उठाउने गरी आएको उल्लेख गर्दै आपत्ति जनाएका छन ।
संविधानको मर्मअनुसार काम नगरेकोले अहिले संविधान विरोधीहरुले खेल्ने ठाउँ पाएको नेता थापाको तर्क रहेको थियो। प्रधानमन्त्री ओलीको कामको आलोचना गरेका थिए ।फोटोः मुकुन्द कालीकोटे