Logo

नेपाल टेलिभिजनको ‘दोहोरी गायन’ कार्यक्रम अध्यक्ष पंगेनीले सञ्चालन गर्ने !



काठमाडौं । दोहोरी गायन कार्यक्रम अब चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको साथमा पुनःसुरु हुने भएको छ । नेपाल टेलिभिजनबाट प्रसारित कार्यक्रम गायक राम प्रसाद खनालले सञ्चालन गर्दै आएको दोहोरी कार्यक्रम उनी अमेरीका गए पछि लामो समयदेखि बन्द भएको थियो । गायक पंगेनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष हुन ।

अब भने सो कार्यक्रम गायक पंगेनीले सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय नाचघरमा आज बिहान ११ बजे कार्यक्रमको छायांकन हुने पंगेनीले जानकारी दिए । यस्तै कार्यक्रममा निर्णायक चर्चित गीतकार रमेश बिजी र लोकदोहोरी गायक चन्द्र शर्मा रहने छन् भने अतिथिका रुपमा फरक बिधाका बिशिष्ट ब्यक्तित्वहरुको उपस्थित रहने कार्यक्रमका सन्चालक तथा गायक पंगेनीले बताए ।

अहिले फेरि एनटीभी टु मा प्रसारण हुनेगरी नेपाल टेलिभिजन कै निर्माणमा प्रत्यक्ष दोहोरीले निरन्तरता पाउने भएको हो । प्रत्यक्ष दोहोरीको नयाँ संस्करणलाई बद्री पंगेनीले सञ्चालन गर्नेछन ।

लोक संगीतका अग्रजहरु, लोक गीतलाई माया गर्ने विशिष्ठ ब्यक्तित्वहरु साथै राजनीतिज्ञ र समाजमा विशेष पहिचान बनाएका व्यक्तिहरुलाई समेत अतिथिका रुपयमा निम्त्याईनेछ । आजको सुटिङमा मनग्य दर्शकहरुको उपस्थीतिको अपेक्षा गरेको समेत गायक पंगेनीले बताए ।



प्रतिक्रिया दिनुहोस्