Logo

चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित



काठमाडौँ,३० कात्तिक । जिल्ला अस्पतालमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । चिकित्सक अभाबका कारण एक सातादेखि सो सेवा प्रभावित हुँदै आएको हो ।

अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले दुई चिकित्सक उपलब्ध गराएकामा एक चिकित्सकको समयावधि सकिएको र अर्को एक बिदामा बसेपछि प्रसूति सेवा प्रभावित भaएको हो ।डा युवराज बस्नेत दशैँअघि नै समयावधि सकिएको भन्दै अस्पताल छोडेको र डा शैलीका श्रेष्ठ पनि बिदामा बसेको जनाइएको छ ।

सोमबार खाँदबारी नगरपालिका–४ का प्रसूति सेवाका लागि बिरामी ल्याएका भुवन राईलाई अस्पतालले चिकित्सक नभएकाले प्रसूति सेवा दिन नसक्ने बताएपछि उनी समस्यामा परको देखिन्थे। अस्पतालले सुविधासम्पन्न ठाउँमा लैजान भने पनि रकम अभावका कारण अन्यत्र लान नसकेको उनको गुनासो रहेको थियोे । उनी मात्र होइन प्रसूति गराउन आउने जिल्लाका विभिन्न स्थान र छिमेकी भोजपुरका उत्तर–पूर्वी भेगका बिरामी पनि अस्पताल आएर फर्कने गरेका छन् ।

जिल्ला अस्पताल प्रमुख लक्ष्मण खड्काका अनुसार एक चिकित्सकको समयावधि सकिएकाले सम्बन्धित निकायमा चिकित्सक उपलब्ध गराउन अनुरोध गरिए पनि हालसम्म समस्या समाधान भएको छैन । अस्पताल समितिका अध्यक्ष सुमन शाक्यले प्रसूति सेवाको समस्या समाधानका लागि छिटै समितिको बैठक बसेर निर्णयमा पुगिने जानकारी गराए ।रासस



प्रतिक्रिया दिनुहोस्