Logo

निःशुल्क आँखा शिविर



काठमाडौँ,१ मङ्सिर । सशक्तीकरण समाज नेपाल स्टेप नेपालको आयोजनामा बालाजु, बोहोराटारमा सञ्चालन गरिएको आँखा शिविरमा १२७ जना व्यक्तिको निःशुल्क आँखा जाँच गरिनुका साथै उनीहरुलाई परामर्श, सरसल्लाह र औषधि वितरण गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँ, महानगरपालिका वडा नं १६ कार्यालय, सोहृखुट्टे, महानगरीय प्रहरी वृत, बालाजु, एड्सविरुद्ध राष्ट्रिय नेटवर्क समूह नेपाल नानगान, बिजुलीबजार,, अपराधमुक्त समाज नेपाल र स्वीट हर्ट मन्टेश्वरी प्रि—स्कुलको समन्वयमा सम्पन्न सो शिविरमा मेट्रो आई केयर, सुविधानगरका वरिष्ठ आँखा रोग विशेषज्ञ बीरेन्द्र महतको नेतृत्वको प्राविधिक टोलीले आँखा परीक्षण गरेको थियो ।

सामाजिक उत्तरदायित्वअन्र्तगत मेगा बैंक लिमिटेड, कमलादीको सहयोगमा सञ्चालन गरिएको सो शिविरको उद्घाटन गर्दै स्टेप नेपालका अध्यक्ष दलबहादुर जिसीले राजधानीको प्रदूषणका कारण आँखाका रोगीहरुको सङ्ख्या बढिरहेकाले यसखालका शिविरहरुको आवश्यकता रहेको बताउनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्