Logo

पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिता सम्पन्न



काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताको लगातार सातौं पटक बिजयी भएका छन् । शनिबार सम्पन्न योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा एपिएफका दिपेश धामीलाई २१.११, २१.१६ को सहज जितसँगै रत्नले सातौं पटकको विजयी ईतिहास रच्न सफल भएका हुन्।

तामाङ्गले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारे। उपविजयी दिपेशले नगद २० हजार सहित ट्रफि मेडल र प्रमाण पत्रका साथै तेश्रो स्थान हात पार्ने सेनाका नविन श्रेष्ठ र रुकेश महर्जनले नगद १०।१० हजारका साथ ट्रफि मेडल र प्रमाण पत्र हात पारे।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फको खेलमा सेनाकी नङ्गशल देवी तामाङ्गले सेनाकै रशिला महर्जनमाथि जित निकाल्दै पुनरागमन गरेकी छिन्।

अघिल्लो संस्करणमा जेशिका गुरुङ्गसँग पराजित भएकी नङ्गशलले महर्जनलाई २२.२०, १५.२१ र २१.१८ ले पाखा लगाईन्। तामाङ्गले ५० हजार र उपविजेता महर्जनले २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे। एपिएफका शोभा गौचन र जेशिका गुरुङ्गले तेश्रो स्थान हात पार्दै नगद १०।१० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे।

नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको पुरुष युगल तर्फ सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी विजयी भयो। रत्न र नविनको जोडीले एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीमाथि २२.२०, २०.२२ र २१.११ को कठिन जित निकाल्दै उपाधी जिते। तेश्रो स्थानमा सेनाका रुकेश महर्जन र प्रफुल महर्जन तथा एपिएफका गौतम कठायत र सुनिल जोशीको जोडी रहे। शिर्ष तीन स्थान प्राप्त गर्ने जोडीले नगद २०, १० र ५ हजारका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे।

महिला युगल तर्फ एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्गको जोडीले उपाधी हात पार्यो। श्रेष्ठ र गुरुङ्गको जोडीले सेनाका नङ्गशल तामाङ्ग र रशिला महर्जनको जोडीलाई २१.१३, २१.१४ को सोझो सेटमा हार चखाए। विजयी जोडीले नगद २० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे।

यस्तै उपविजेताले नगद १० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी तथा तेश्रो स्थान प्राप्त गर्ने जेष्ट ब्याडमिन्टनकी सिता राई र बाँकेकी संझना शर्मा तथा सेनाका अमिता गिरी र अनुमाया राई जोडीले नगद ५।५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे।

यु -१७ ब्वाईज तर्फ दुवई जुनियर अन्तराष्ट्रिय सेरिजमा स्वर्ण पदकधारी सिल्क ग्रुपका प्रिन्स दाहालले सेनाका दिवस शंकरलाई २१.१६, २१.५ को सहज जितका साथ पहिलो स्थान प्राप्त गरे। दाहालले नगद १५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे। यस्तै दोश्रो स्थानका दिवसले ७ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी तथा तेश्रो स्थानमा रहेका जेष्टका प्रियान्सु सिंह क्षेत्री र पेम्बा शेर्पाले नगद ५।५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे।

यसैगरि गल्र्स तर्फको खेलमा सेनाकी रशिला महर्जनले सेनाकै रञ्जना भट्टलाई २१.५, २१.५ ले पाखा लगाउँदै उपाधी हात पारिन्। महर्जनले नगद १५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरिन्। उपविजयी रञ्जनाले नगद ७ हजार, ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरिन्। तेश्रो स्थानमा रहेका मोरङ्गका रोज पाण्डे र सिमा राजबंशीले नगद ५।५ हजार सहित सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे।

यस्तै मास्टर्स ४५ बर्ष माथिको प्रतियोगितामा सेनामा सुभाष श्रेष्ठ र भूमि गुरुङ्गको जोडीले बाजी मा(यो। सुभाष र भूमिको जोडीले जेष्टका नविन बाबु श्रेष्ठ र श्याम पराजुलीको जोडी माथि १६.२१, २१.१६, २१.१६ को सेटमा पराजित गरे। यो उनीहरुको लगातार २० औं उपाधी जित हो। तेश्रो स्थानमा जेष्टका अनुज पौडेल र प्रेम घले तथा ललितपुरका सुनिल मान शाक्य र पुर्ण भक्त चित्रकारको जोडी रहे।

शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद २०, १० र ५।५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । बियजी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट लगायतले पुरस्कार वितरण गरेका थिए।

तस्विर-मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्