काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकल दाहाल (प्रचण्ड) का पुत्र प्रकाश दाहालको निधन भएको ठिक एक वर्ष पुगेछ । दिन, हप्ता, महिना हुँदै कति छिटो वर्ष बितेछ । प्रकाश दाहाल प्रचण्डका छोरा मात्रै थिएनन् । नेपाली यूवाहरुका आशाले भरिएका जोशिला नजर थिए । तर विडम्बना उनले अल्पआयूमै संसार छोड्नु पर्यो ।
गत मंसिर ३ गतेको समयमा स्थानीय निर्वाचनको सरगर्मी बढेको थियो । एक्कासी प्रकाश दाहालको निधनको खबर सुन्नुपरेको थियो । जनयुद्धको मार्ग र शान्ति प्रक्रियापछिको समयमा उनको भूमिका महत्वपूर्ण रह्यो । स्व.प्रकाश दाहाल जस्ता हजारौं यूवाहरुको बलिदानिबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न बाँकि रहेको सत्यलाई आत्मसाथ गरेर शोकलाई शक्तिमा परिणत गर्नको लागि गत मंसिर ३ गते आज कै दिन यो कविता कोरेको थिए ।
कविताः म मरेको छैन बा!
मृत्युको डर नभएरै हो
युद्धमा बन्दुक भिरेको
केही गरौला भनेरै हो
म मरेको छैन बा
युद्धको मैदानमा
मृत्युको पर्खाई नगरिएको
मैले बोकेको राईफल
नेपाली सेनामा भर्ती छ ।
रोल्पा, रुकुम कालिकोटका
बङ्करमा, सहिदका चिहानमा
नजर पुर्याउनु होला
म मरेको छैन बा ।
केही बर्ष अघि दिदिले छोडीन
आज मैले भौतिक रुपमा
भौतिक भेट माथी पुर्ण बिराम लागेपनी
बा तिमी रोल्पा, रुकुम अनि
कालिकोटका कन्दरामा आउनु
हजारौं शहिदका चिहान
कोतारिएका युद्धका घाउ
पाती उम्रेका बङ्कर
कृपया हेरिदिनु एकफेर
म त्यहि हुनेछु
म मरेको छैन बा ।
हाम्रा सपनाहरु जिउदैछ्न
जनताको उत्थान बाकी छ।
बाकी हुनु भनेको,
म ज्युउदै हुनु हो, त्यसैले
म मरेको छैन बा ।
माओका ४ , मण्डेलाका ३
श्रीमती थिए, मैले बिराए
बहुबिवाह बाहेक अर्को
जानेर गल्ती गरेको थिन
सार्वजनिक रुपमा मैले
माफी मागेको र पार्टीको
तर्फबाट कार्वाही चुक्ता गरेकोछु ।
इमान्दार हुन सिकाउनु भो
त्यसैले हामी जनताकोबीचमा बस्यौ
सहायक कमान्डरका सन्तान
बिदेशी महङ्गा सहरमा छन ।
म र म जस्तै हजारौ प्रकाश यतै छौ
बिचल्लीत नहुनु हाम्रो साथ छ
युद्धको मक्सत पूरा गर्न
म मरेको छैन बा !
– धनराज वास्तविक